सरकारको पैसा सक्नु सके ओलिले: फेरि अजरबैजान भ्रमण गर्न जाने (विकास भन्दा भ्रमण धेरै)

saharasandes

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन् ।

असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी आज बिहान अजरबैजानको राजधानी बाकु जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आज बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

असंलग्न आन्दोलन राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८औं शिखर सम्मेलन भोलि बाकुमा शुरू हुँदैछ ।

ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नाम आन्दोलन कुनै गुट र समूहमा आबद्ध नभएका देशहरुको समूह हो। यो समूहमा १ सय २० देश आवद्ध छन् ।

भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन् । दोस्रो विश्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र

अमेरिका पक्षधरमा विभाजित भएका बेला तटस्थ रहेका मुलुक आबद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी

बेलग्रेडमा नाम आन्दोलन स्थापना भएको थियो। भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,

परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र र राजनीतिक सल्लाहकारलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Next Post

नेपालका सरकारी जागिरेले अमेरिका जाने डीभी भरेको मात्र थाहा भएपनी जागिर जाने खत्रा: पूरा पढ्नुहोस

सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । आजको नेपाल समाचारपत्रमा छापिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिएको छ । मस्यौदाको दफा ६० मा सार्वजनिक विद्यालयमा […]

Subscribe US Now