जनताको पैसा कति लुटिने?: म्यानमार जान राष्ट्रपतिको जहाज भाडा नै ४ करोडको (पुरै हेर्नुहोस)

saharasandes

नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी अहिले म्यान्मारको राजकीय भ्रमणमा छिन्। राष्ट्रपतिको यो भ्रमणका लागि सरकारले नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ’लुम्बिनी’ चार्टर गरेको छ।

चार्टर गरिएको विमान १५८ सिटे हो। भ्रमण दलमा राष्ट्रपति भण्डारीसहित २४ जना यात्रु छन्। यो चार्टर उडान बैंककदेखि म्यान्मारका लागि गरिएको निगमले जनाएको छ। चार्टरपछि म्यान्मार पुगेको यो जहाज हिजै काठमाडौं फर्किसकेको निगम स्रोतले जानकारी दियो।

काठमाडौंदेखि बैंककसम्म भने यही जहाजमार्फत राष्ट्रपति सहितको टोली सेड्युल्ड फ्लाइटमै यात्रा गरेको निगम स्रोतले जनाएको छ। निगमका अनुसार चार्टर उडानको दर जहाजको प्रकार र प्रति घण्टाको हिसाबले निर्धारण गरिँदै आएको छ।

यसका लागि प्रति घण्टा ११ हजार पाँच सय डलर (करिब १४ लाख रुपैयाँ) खर्च लाग्छ। निगमका अनुसार बैंकक(म्यान्मार उडान समय करिब सवा घण्टा (एक घण्टा १३ मिनेट)को रह्यो।

निगमले दिएको भाडादरअनुसार एकतर्फी चार्टर उडान गर्दा करिब १६ लाख रुपैयाँ शूल्क लाग्ने देखिन्छ भने दुई तर्फी चार्टर उडान गर्दा करिब ३२ लाख रुपैयाँ शूल्क लाग्छ। भण्डारीले आउँदो बुधबार यही जहाजमार्फत म्यानमारदेखि बैंककसम्मको चार्टर उडान गर्ने्छिन्।

यसका लागि थप ३२ लाख सरकारले खर्चनु पर्नेछ। दुई चार्टर गर्दा सरकारले करिब ६४ लाख रुपैयाँ भार चार्टरका लागिमात्रै खर्चिनुपर्ने देखिन्छ यसैगरी बैंककदेखि काठमाडौं भने नियमित उडानमा आउने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ।

नियमित उडानमा २४ जनाले २ पटक काठमाडौं बैंकक यात्रा गर्नेछन्। काठमाडौं बैंककको उडानमा इकोनोमी क्लासको एक जनाको भाडा २१ हजार ८८३ रुपैयाँ तोकेको छ। २४ जना जाँदा ५ लाख २५ हजार खर्च हुन्छ।

भने फर्किँदाको भाडादर एकजनाको ९ हजार २६५ तोकिएको छ। त्यसैले फर्किँदा २ लाख २२ हजार रुपैयाँ खर्च हुने देखिन्छ।

यसरी काठमाडौं बैंकक ओहोर दोहोर गर्दा ७ लाख ४७ हजार रुपैयाँ बढी खर्च हुन आउँछ। चार्टर र नियमित उडान खर्च जोड्दा ७१ लाख ४७ हजार रुपैया खर्च हुने देखिन्छ।

Next Post

आफ्नो १ लाख २० हजार रुपैयाको भत्ता बिद्यार्थिलाई दिएर सरकारी मोटरसाइकल लिएनन

जनप्रति निधिहरुले सरकारी सेवा, सुविधाको दुरुपयोग गर्यो भनी आलोचना भइरहेको बेला मकवानपुरका एक वडाध्यक्षले आफ्नो ६ महिनाको भत्ता विद्यालयलाई हस्तान्तरण गरेका छन्। राक्सिराङ गाउँपालिका–६ का वडाध्यक्ष सिंग लाल प्रजाले आफ्नो ६ महिना भत्ता बापतको १ लाख २० हजार रुपैयाँ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयको छात्रावास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका […]

You May Like

Subscribe US Now